Khadya Bibhag

एमाले कार्यदलको बैठक सिंहदरवारमा सुरु

काठमाडौँ असार २५ गते । एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक सिंहदरवारमा सुरु भएको छ । एमालेमा प्रधानमन्त्री केपी शर्मा अ‍ोली र नेता माधवकुमार नेपालका दुई गुट छन् । दुई गुटको बीचमा अन्तरसंघर्ष चलिरहेको छ ।

त्यसैको समाधानका लागि केही दिनदेखि कार्यदलको बीचमा छलफल चलिरहेको थियो । त्यसैको निरन्तरताको आज पनि बैठक सुरु भएको हो ।

ओली पक्षले काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिनका लागि आग्रह गरिरहेको छ भने माधवकुमार नेपाल पक्षले संसद विघटन गरेको निर्णय फिर्ता लिन आग्रह गरिरहेको छ । तर दुवै पक्ष आआफ्नै अडानमा रहेका छ ।

‘आज कार्यदल स्तरमा कुरा मिले भने सहमतिपत्रमा आजै हस्ताक्षर हुने बताइएको छ । कार्यदलको बीचमा कुरा मिले भने ओली र माधवकुमार नेपालको बीचमा पनि कुारकानी हुने छ ।

तपाईको प्रतिक्रिया