जेपी गुप्ताको नजरमा महन्थ र उपेन्द्रको सम्बन्ध

काठमाडौँ असार २६ गते । तराई मधेश राष्ट्रिय अभियानका संयोजक एवं मधेश राजनीतिका जानकार जेपी गुप्ताले जनता समाजवादी पार्टीका अधयक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच व्यक्तिगत रुपमा राम्रो सम्बन्ध नराम्रो भएको कारणले पनि अहिले जसपाभित्र दुर्घटना भएको बताउनु भएको छ ।

मेरो न्युजमा आफ्नो विचार व्यक्त गर्दै नेता गुप्ताले राजनीतिमा व्यक्तिगत सम्बन्ध उत्तिकै महत्वपूर्ण हुन्छ तर महन्थ र उपेन्द्रको व्यक्तिगत सम्बन्ध कहिल्यै समधुर बन्न नसकेको तर्क गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘एकले–अर्काेलाई शुरुदेखि नै प्रतिस्पर्धी देख्ने मात्र भइरह्यो । महन्थ जी कांग्रेसबाट आएर तराई–मधेस लोकतान्त्रिक पार्टी गठन गर्नु भनेकै हामीलाई समाप्त पार्न हो भन्ने सोचबाट हिड्नु भएको थियो, उपेन्द्र जीहरू । त्यही कारण आम सभाहरूमा उपेन्द्र यादवले तराई मधेस लोकतान्त्रिक पार्टीलाई संक्षेपमा तमलोपा नभनी ‘तामालोटा’ भन्नु हुन्थ्यो । तामालोटा बाहुन–पण्डितहरूले बोकेर हिड्छन् नि । महन्थ जी ब्राम्हाण –पण्डित हुन् ।’

यस अवस्थामा उपेन्द्र र महन्थ कसरी सँगै बस्न सक्थे भन्नुहुँदै उहाँले व्यक्तिगत सम्बन्धको पनि राजनीतिमा ठूलो सम्बन्ध हुन्छ तर त्यो दुईजनामा कहिले नरहेको दावी गर्नुभयो । उहाँले भन्नुभयो, ‘एकअर्कामा संवाद गर्ने, एक अर्कालाई सम्मान गर्ने दुवैमा कहिल्यै भएन ।’

उपेन्दको तुलनामा उमेरले महन्थ जी पाको मान्छे । अलिक बढी अनुभवी पनि । बढी तितो कुरा नबोल्ने मान्छे । त्यस कारण उनको भाषा र शैली शालिन हुन्थ्यो तर उपेन्द्रको जस्तो कटुता महन्थले नबोलेको बताउँदै उहाँले तर महन्थको वरिपरी रहेने नेताहरु तथा कार्यकर्ताहरुले उपेन्द्रलाई भन्न केही बाँकी नराखेको धारणा राख्नुभयो । नेता गुप्ताले भन्नुभयो, ‘महन्थ जीका जुन मान्छेहरू छन्, उनीहरूले जुन भाषा शैली प्रयोग गरे । आलोचनाको तौरतरिका अवलम्बन गरे, त्यो उपेन्द्रले महन्थलाई बोल्ने जस्तै भाषाहरू थिए, महन्थले नबोले पनि । त्यसकारण यी दुईबीचमा सौहार्दता कहिल्यै देखिएन भन्दा हुन्छ ।’

तपाईको प्रतिक्रिया