काठमाडौ असार २६ गते । नेकपा माओवादी केन्द्र प्रदेश २ का प्रदेशसभा सदस्य भरत साहले प्रहरीलाई प्रदेश सरकारले वजेट छुट्याउन नहुने तर्क गर्नुभएको छ ।
प्रदेश २ को प्रदेशसभामा बोल्नु हुँदै उहाँले जुन प्रहरी प्रदेश सरकारको मातहत छैन, त्यसको लागि वजेट किन भनि प्रश्न पनि गर्नुभयो । उहाँले भन्नुभयो, तपाई (प्रदेश सरकार) तपाईले भनेको प्रहरी टेर्दैन मान्दैन भने वजेट किन दिनुहुन्छ, प्रहरी संघ सरकारको मातहतमा छ त्यसलाई वजेट दिनु भनेको टाउको दुखेको औषधी खुट्टा दुखेकोमा लगाउने सरह हुन्छ ।’
प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि प्रदेश प्रहरी कार्यालय तथा त्यस मातहतका प्रहरी कार्यालयका लागि सात करोड ३३ लाख रुपैयाँ विनियोजन गरेको छ ।
प्रदेश सरकारले प्रहरीलाई कुनै निर्देशन दिँदा माथिबाट आफूहरुलाई निर्देशन नआएको भन्दै त्यो काम गर्न मान्दैन अनि आफूहरुले किन त्यस्तो प्रहरीलाई पालन गर्नुनर्पे उहाँको तर्क थियो । उहाँले प्रहरीका लागि संघीय सरकारले वजेट दिइ नै रहेको छ भने भने त्यसको लागि दोहोरो वजेट किन भनि प्रश्न गर्नुभयो ।


तपाईको प्रतिक्रिया