सर्लाही असार २७ गते । सर्लाहीबाट दुई थान हतियारसहित ब्रम्हपुरी गाउँपालिकाका २३ वर्षीय रमेश मण्डल, २० वर्षीय नुर आलम मन्सुर र १९ वर्षीय इवरान रायभाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
उहाँहरु ब्रम्हपुरी गाउँपालिका वडा नम्बर २ बाट २ थान पेस्तोल, १७ थान गोली, ४ थान म्याग्जीन र ३ थान मोवाइल सहित पक्राउ परेको सर्लाही प्रहरीले जनाएको छ । बीआर ३० एक्स ६०११ नम्बरको मोटरसाइकलमा हातहतियार सहित भारतबाट नेपालतर्फ आउँदै गरेको गोप्य सूचनाको आधारमा प्रदेश २ प्रहरी कार्यालय जनकपुर र प्रहरी चौकी ब्रहमपुरीबाट खटेको संयुक्त प्रहरी टोलीले चेकजाँचको क्रममा उनीहरुलाई पक्राउ गरेको छ ।


तपाईको प्रतिक्रिया