काठमाडौँ असार २७ गते । प्रधानमन्त्री केपी शर्मा ओली पक्षबाट तयार पारेको सम्झौताको मस्योदामा एमाले नेता माधवकुमार नेपालको असहमति रहेको छ । ओली पक्षका नेताहरु माधव नेपालको घरमा पुगेर सहमतिका मस्यौदा देखाउँदा त्यसमा अदालतलाई प्रभावपार्ने शब्दहरु राखिएको हुनाले त्यसलाई अस्वीकार गरेको स्रोतले जनाएको छ । उहाँले सो मस्यौदा फिर्ता पठाई दिएको बताइएको छ ।
ओलीसँगको छलफलमा नेपालले भन्दै आएको कुरा के हो भने सहमति जस्तोसुकै होस् तर प्रतिनिधिसभा विघटनको विषयमा सर्वोच्चमा चलिरहेको मुद्दालाई प्रभावित पार्ने कुनै पनि कुरामा आफू सहमति हुनेछैन ।


तपाईको प्रतिक्रिया