Khadya Bibhag

सुजिता ठाकुरको फेला पर्यो शव

काठमाडौँ असार २७ गते । महोत्तरीको सुजता प्रकारणमा प्रहरीले आज ठूलो सफलता हात पारेको छ । जेठ १९ देखि बेपत्ता भएको महोत्तरीका सुजिता ठाकुरको शव आज नव निर्मित ट्वाइलेटमा फेला परेको छ । पेट्रोल पम्पको छेउमा रहेको ट्वाइलेटको हौदबाट सुजिताको शव फेला परेको महोत्तरीको प्रहरीले जनाएको छ ।

सुजिताको शवको खोजतलास लगभग एक महिनादेखि भइरहँदा प्रहरीले असार १३ गते सुजिताको श्रीमानको खेतमा चार फिट गहीरो खाडल खन्दा कपाल , नुन, मलखाद , तन्ना र डोरी फेला पारेको भएपनी पुरै शव भेटाएका थिएन । सुजिताको हत्याको आरोपमा देवर रूपेश ठाकुर र श्रीमान मुकेश ठाकुरलाई प्रहरीले पक्राउ गरेको छ भने सुजिताकी सासू ,ससुरा पतिराम र देवरानी रोमा भने अहिले पनि फरार छन् । उनीहरु भारतको विहारमा लुकेर बसेको हुनसक्ने अशंका गरिएको छ ।

महोत्तरी जिल्ला भमरपुरा गाउँमा ससुराली रहेको सुजिता ठाकुरको हत्या जेठ २० गते भएको थियो । सुजिताको हत्याबारे उनकै ५ बर्षीय छोराले खुलाएपछि प्रहरीले खोज तलास शुरु गरेको थियो ।

तपाईको प्रतिक्रिया