काठमाडौ असार २७ गते । जनता समाजवादी पार्टीका नेपालका अध्यक्ष महन्थ ठाकुरले निर्वाचन आयोगमा दुईटा पार्टी दर्ताका लागि निवेदन दिनुभएको छ ।
ज्ञानेन्द्र झाको अध्यक्षतामा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र अजय झाको अध्यक्षतामा संघीय समाजवादी फोरम नेपाल दर्ताका लागि उहाँले निवेदन दिन लगाउनु भएको हो । पार्टी दर्ता गराउनका लागि तयारी गर्ने जिम्मेवारी जसपाका कार्यकारिणीहरु सदस्य सर्वेन्द्रनाथ शुक्ला र चन्दा चौधरीलाई दिएको थियो ।
उहाँहरु पूर्व राष्ट्रिय जनता पार्टी नेपाल नै दर्ता गराएर राखेर तयारी गरिरहनु भएको थियो तर जसपाका अध्यक्ष उपेन्द्र यादवले हरिनारायण यादवको नामबाट सो पार्टी दर्ता गराएपछि महन्थ ठाकुरले उपेन्द्र यादवको पुरानो पार्टी संघीय समाजवादी पार्टी फोरम दर्ता गराएको स्रोतले जनाएको छ ।
पार्टीको आधिकारिताका विवाद निर्वाचन आयोगमा चलिरहेको बेला दुवै पक्षले एक अर्काको पुरानो पार्टी दर्ता गराउन थाल्नु भएको छ ।
यो पनि पढ्नुस्


तपाईको प्रतिक्रिया