१० बुँदे सम्झौताप्रति माधव नेपालको असहमति

काठमाडौँ असार २७ गते । एमाले कार्यदलको बीचमा भएको १० बुँदे सम्झौताप्रति सो पार्टीका नेता माधवकुमार नेपालले असहमति जनाउनु भएको छ । मध्यरातमा हल्का ढंगले भएको सम्झौताले कार्यकर्तामा अशंका उब्जाएको बताउनुभयो ।

मध्यरातमा हतारहतार सम्झौता गर्नुको कारण के थियो, भोली विहान उज्यालोमा पनि सम्झौता गर्दा हुन्थ्यो नि, सञ्चारकर्मीसँग प्रतिकृया दिँदै उहाँले भन्नुभयो, सहमति गर्न भनिएको थियो तर यसरी हल्का र अस्पष्ट ढंगले होइन, सर्वोच्च अदालतमा परेको रिटलाई प्रभावित हुने खालको कुनै सहमति भएको छ भने त्यसलाई स्वीकार गरिदैन सम्झौतालाई च्यातिन्छ ।

तपाईको प्रतिक्रिया