काठमाडौँ असार २८ गते । विपक्षी गठबन्धनले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको निवास कोटेश्वरमा बसेको गठबन्धनको बैठकले सो निर्णय गरेको हो । बैठकमा सहभागी जसपा नेपालका एक नेता अनुसार देउवाको नेतृत्वमा भोली नै सरकार गठन निर्णय भएको छ ।
सरकारमा कुन दलबाट को को मन्त्रीमा जाने विषयमा आआफ्नो पार्टीमा छलफल गरेर पुनः गठबन्धनको बैठक बसेर टुगों लगाउने बताइएको छ । गठबन्धनमा काँग्रेस, माओवादी केन्द्र, जसपा र जनमोर्चा रहेका छन् ।


तपाईको प्रतिक्रिया