Khadya Bibhag

जसपा महन्थ ठाकुर पक्षका लालले भन्नुभयो, सर्वोच्चको आदेशलाई पालना गर्नुपर्छ’

काठमाडौँ असार २८ गते । जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य वृषेशचन्द्र लालले प्रतिनिधि सभा विघटनको मुद्दामा सर्वोच्च अदालतले गरेको फ़ैसलालाई पालना गर्नुपर्ने प्रतिकृया दिनुभएको छ । उहाँले देशलाई द्वन्द र अराजकतातिर जानबाट रोक्नका लागि पनि सर्वोच्च अदालतको फ़ैसलालाई पालना गर्नु पर्ने बताउनु भएको छ ।

यो फ़ैसला राष्ट्रपतिमाथि परमादेश, बहुदलीय शासन व्यवस्था, शक्तिको पृथकीकरण आदिका दृष्टिले लामो समयसम्म बहसको विषय रही रहनेछ उल्लेख गर्दै नेता लालले कतिपय संवैधानिक प्रावधान व्याख्याले संशोधित भएको र यो फ़ैसलाले अदालतलाई देशको सर्वोच्च शक्तिको रूपमा स्थापित गरेको बताउनुभयो ।

साथै सर्वोच्च अदालतको आदेशले राजनीतिक मामिलामा अन्तिम अपेक्षाको रूपमा अदालत हुने स्थिति बनाउँछ भनि उहाँले प्रश्न गर्नुभएको छ ।

लाल जसपा नेपालका अध्यक्ष महन्थ ठाकुर पक्षका नेता हुनुहुन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद विघटनका लागि जसपाका अधयक्ष ठाकुरले पनि सघाउनु भएको थियो । प्रधानमन्त्री अ‍ोलीले संसद विघटन विधान अनुसार गरेको प्रति अध्यक्ष ठाकुरको आएको थियो ।

तपाईको प्रतिक्रिया