Khadya Bibhag

जसपा उपेन्द्र यादव पक्ष तत्काल सरकारमा सहभागी नहुने

काठमाडौँ असार २८ गते । जनता समाजवादी पार्टी नेपाल उपेन्द्र यादव पक्ष तत्काल काँग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठन हुने सरकारमा तत्काल सहभागी नहुने प्रष्ट पारेको छ ।

एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको निवासमा बसेको विपक्षी गठबन्धनको बैठकमा पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीमा अहिले आधिकारिकता विवाद चलिरहेको हुनाले अहिले तत्कालै सरकारमा सहभागी नहुने जानकारी गराउनु भएको थियो ।

अहिले सरकारमा सहभागी भइ हाल्ने भोली पार्टीको आधिकारिता कसको पक्षमा जान्छ थाह छैन, आफ्नो भन्दा फरक पक्षमा गयो भने सरकारबाट बाहिरिनुपर्ने हुन्छ त्यही भएर निर्वाचन आयोगका निर्णयसम्म कुर्ने कुरा अध्यक्ष यादवले राख्नु भएको बैठकमा सहभागी एक नेताले बताउनुभयो ।

तपाईको प्रतिक्रिया