Khadya Bibhag

उपेन्द्र यादवमाथि पनि तेर्सियो प्रश्नः अब होला त मधेशको माग पूरा ?

काठमाडौँ असार २९ गते । जनता समाजवादी पार्टी नेपाल उपेन्द्र यादव पक्ष सरकारमा जाने तयारी गरिरहेको छ ।
सरकारमा जाने विषयमा आवश्यक छलफलका लागि आज कार्यकारिणी समितिको बैठक बोलाएको छ । सो बैठकले नै सरकारमा सहभागी हुने कि नहुने विषयमा आवश्यक छलफल गरी निर्णय लिनेछ । तर जसपा उपेन्द्र यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुर पक्षमाथि जुन प्रश्न उठाएको थियो त्यो प्रश्न सो पक्षमाथि पनि उठ्न थालेको छ ।

मधेशको माग पुरा हुने गरी काँग्रेस नेतृत्वको सरकारमा जान लागेको हो कि त्यतिकै जान लागेको हो भनि प्रश्न गर्न थालिएको छ । महन्थ ठाकुर पक्ष सरकारमा सहभागी हुँदा उपेन्द्र यादव स्वयंले मधेशको मुद्दालाई तिलाञ्जली दिएर सरकारमा सहभागी भएको भन्दै टिप्पणी गर्नुभएको थियो । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले केही मुद्दा फिर्ता गर्नुको साथै रेशम चौधरीको रिहाइको प्रकृया सुरु गर्न लगाउनु भएको थियो । त्यसका साथै अध्यादेशबाट नागरिकताका समस्या पनि समाधान गर्ने प्रयास गर्नुभएको थियो, त्यस्तै संविधान संशोधनका लागि अध्ययन गर्न कार्यदल समेत गठन गर्नुभएको थियो तर उपेन्द्र यादवले त्यसलाई पनि केही होइन, यो मधेशी जनतालाई भ्रममा पार्ने कार्य मात्र भएको टिप्पणी गर्नुभएको थियो ।

तर अहिले उहाँ आफै देउवा नेतृत्वको सरकारमा सहभागी हुने तयारी गरिरहनु भएको छ । यद्यपी हालसम्म पार्टीको आधिकारिक निर्णय बाहिर आएको छैन । सरकारमा जानुअघि गठबन्धनमा मधेशको माग र मुद्दा सम्बोधन हुने गरी कुनै सहमति वा सम्झौतापत्रमा हस्ताक्षर हुन्छ कि त्यतिकै सरकारमा जान्छ त्यो पार्टीको बैठकपछि मात्र थाह हुने उपेन्द्र यादवपक्षका एक नेताले बताउनुभयो ।

महन्थ ठाकुरले प्रधानमन्त्री अ‍ोलीसँग वार्ता गरेर मागहरु पुरा गराउन लाग्दा, उपेन्द्र यादवले आफ्नो फेसबुकमार्फत मधेशका मूल माग र मुद्दाहरु के के हुन् ? केपी अ‍ोलीले के के पूरा गर्ने भए भनि प्रश्न गर्दै विभिन्न १२ वटा बुँदा प्रस्तुत गर्नुभएको थियो ।
उपेन्द्र यादवले प्रस्तुत गरेका विभिन्न १२ वटा बुँदाहरु यी हुन्ः

तपाईको प्रतिक्रिया