Khadya Bibhag

अदालतले फलानोलाई मन्त्री बनाउन भन्नु लोकतान्त्रिक व्यवस्थाको उपहास हो–राजकुमार लेखी

काठमाडौँ असार २९ गते । जनता समाजवादी पार्टी नेपाल महन्थ ठाकुर पक्षका कार्यकारिणी सदस्य राजकुमार लेखीले सर्वोच्च अदालतले प्रधानमन्त्री बनाउन भन्नु भनेको लोकतान्त्रिक व्यवस्थाको उपहार भएको प्रतिकृया दिनुभएको छ ।

उहाँले प्रधानमन्त्री बनाउने काम प्रतिनिधिसभाको रहेको बताउनुभयो । उहाँले भन्नुभयो, बहुदलीय संसदीय व्यवस्थामा प्रधानमन्त्री बनाउने त प्रतिनिधिसभाले ले हो । नेपालको राजनीति झनै अन्यौलमा पर्यो ।’

सर्वोच्च अदालतको निर्णयलाई कसैले ठिक कसैले बेठीक भनिरहेको छ, एक पक्षले स्वागत, अर्को पक्षले विरोध गरिरहेको छ । अदालतले ठिक बेठीक जे निर्णय गरेपनि , गराउने त यिनै पाँच सात जना प्रमुख नेताहरु नै रहेको टिप्पणी गर्दै उहाँले खिलराज रेग्मी ल्याएका पनि यिनै नेताहरुले नै हो भनि टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, अरु जे जे भएपनि अदालतले फलानोलाई प्रधानमन्त्री बानाउ भन्नु लोकतान्त्रिक व्यवस्थाको उपहास र बेइज्जती हो ।’

तपाईको प्रतिक्रिया