काठमाडौँ असार ३० गते । ललिता निवासको जग्गाको मुद्दा लागेपछि फरार सूचीमा रहनु भएका काँग्रेका नेता विजयकुमार गच्छदार आज विशेष अदालतबाट १० लाख धरौटी दिएर रिहाय हुनुभएको छ । नेता गच्छदार आजै विशेष अदालतमा हाजिर हुनुभएका थियो ।
विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की तथा सदस्य न्यायाधीशहरू अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले गच्छदारलाई १० लाख धरौटीमा रिहा गरेको अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले जानकारी दिनुभयो ।
गच्छदार विहान १० वजे उपस्थित भएपछि चार घण्टासम्म उहाँको बयान लिइएको थियो । उहाँको बयान सकिएपछि साढे २ बजेदेखि थुनछेक बहस सुरु भएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासको जग्गा अनियमिततामा संलग्न भएको आरोपमा एक पूर्वउपप्रधानमन्त्री, तीन पूर्वमन्त्रीसहित १७५ जनाविरुद्ध २०७६ माघमा मुद्दा दायर गरेको थियो ।


तपाईको प्रतिक्रिया