काठमाडौँ साउन ३ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मतमा समर्थन गर्न जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरलाई पत्र पठाएपछि उहाँको पक्षले पनि विश्वासको पक्षमा मतदान गर्ने सम्भावना बढेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले जसपाका अध्यक्ष महन्थ ठाकुरलाई सम्बोधन गरेर आज पत्र लेखेपछि सो पार्टीका नेताहरु छलफलमा जुटेका छन् । सो पार्टीका कार्यकारिणी सदस्य सन्तोष महेताका अनुसार जसपाका ३२ जना सांसदले नै देउवालाई समर्थन गर्ने अवस्था सृजना भएको छ । उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री देउवाको विश्वासको मतको पक्षमा मतदान गर्ने सम्भावना ९९ प्रतिशत रहेको छ हेरौं छलफल चलिरहेको छ के हुन्छ ।’



तपाईको प्रतिक्रिया