काठमाडौँ साउन १० गते । जनता समाजावादी पार्टी नेपाल उपेन्द्र यादव पक्षले कार्यकारिणी सदस्यालाई प्रशिक्षण दिने भएको छ । आज बालकुमारीस्थित पार्टी कार्यालयमा आज ११ वजेदेखि सो प्रशिक्षणा दिन लागेको पार्टीले जनाएको छ ।
कार्यकारिणी समितिको बैठक हिजै सकिएको हो । संसदीय दलको विधान अध्ययनका लागि कार्यकारिणी सदस्यलाई दिएको छ । तर सोमवारसम्म ती कार्यकारिणी सदस्यहरुलाई एक ठाउँमा राख्नका लागि यो प्रशिक्षणका कार्यक्रम राखिएको कतिपय नेताहरुको बुझाई छ ।
यो बेला के को प्रशिक्षण, यो त नेताहरुलाई इगेंज गर्ने कार्य मात्र हो, एकजना कार्यकारिणी सदस्यले भन्नुभयो, महन्थ ठाकुर पक्षका नेताहरुले कार्यकारिणी सदस्यहरुलाई आफ्नो पक्षमा पार्नका लागि विभिन्न च्यानलबाट सम्पर्क गर्ने प्रयास गरिरहेको छ त्यही भएर यताउती नछरियोस् भनेर प्रशिक्षणका नाममा एक ठाउँमा राख्ने प्रयास हो ।


तपाईको प्रतिक्रिया