काठमाडौँ साउन १० गते । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरका लागि एक मात्र आशा सर्वोच्च अदालत बनेको छ । अब जसपामा रहने वा नरहने सर्वोच्च अदालतको आदेशमा भर पर्ने अध्यक्ष ठाकुर पक्षको निष्कर्ष हो ।
पार्टीको आधिकारिकता सम्बन्धी विवाद निरूपण गर्न ुहेड काउन्टुका लागि निर्वाचन आयोगले एकताका समयमा गठित जसपाका कार्यकारिणी सदस्यहरूलाई आयोगमा उपस्थित हुन दिएको आदेश दिएको छ । यसका विरुद्ध महन्थ ठाकुर सर्वोच्च अदालत पुगेका छन् । रिट निवेदनमा हेड काउन्टको प्रक्रिया रोक्नका लागि आदेश जारी गर्न माग गरिएको छ ।
अदालतले निर्वाचन आयोगलाई प्रक्रिया रोक्न अन्तरिम आदेश दिने आशाबारे ठाकुर पक्षको हिजो बसेको कार्यकारिणी समितिमा समेत छलफल भएको थियो । आयोगले हेडकाउन्टका लागि बोलाएपछि अध्यक्ष ठाकुरले हिजो कार्यकारिणी समितिको बैठक बोलाउनु भएको थियो । बबरमहलमा बोलाइएको बैठकमा अधिकांश कार्यकारिणी सदस्यहरूले सोमबार निर्वाचन आयोग जाने कि नजाने जिज्ञासा राखेका थिए । अध्यक्ष ठाकुरले आइतवार पाँच बजेसम्म सर्वोच्च अदालतको आदेशलाई पर्खौँ, जे आदेश दिन्छ, त्यसको आधारमा निर्णय लिनेछौँु भन्ने जवाफ दिनु भएको थिाये ।
सो मुद्दाको आज सर्वोच्चमा पेसी छ । सर्वोच्च आदेश आएपछि कार्यकारिणी समितिको बैठकले सोमबारका लागि एउटा निर्णय गर्ने बताइएको छ । आज चार बजेका लागि पुनः कार्यकारिणी समितिको बैठक बोलाइएको छ ।


तपाईको प्रतिक्रिया