लुम्बनीका तीन मन्त्रीलाई जसपाले गर्यो निष्काशन

काठमाडौँ साउन १२ गते । जनता समाजावादी पार्टी नेपालले लुम्बनी प्रदेशका तीन जना आफ्ना मन्त्रीलाई पार्टीबाट निष्काशन गरेको छ । आज बसेको कार्यकारिणी समितिको बैठकले उहाँहरु प्रदेश संसदीय दलको ह्वीप उल्लंघन गरेको भन्दै उहाँहरुलाई पार्टीबाट निष्काशन गरेको हो ।
लुम्बनी प्रदेश सरकारमा रहेका भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष कुमार पाण्डेय, भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजयबहादुर यादव र उद्योग, वन तथा वतावरण मन्त्री कल्पना पाण्डेलाई पार्टीबाट निष्काशन गरेको जसपाका कार्यकारिणी सदस्य इस्तियाक राइले बताउनुभयो ।
उहाँहरुलाई यसअघि पार्टीले स्पष्टिकरण सोधेको थियो तर जवाफ नदिएपछि पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको हो ।

तपाईको प्रतिक्रिया