काठमाडौँ साउन १२ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेशका प्रमुख सीता पौडेल र लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवलाई हटाएर गण्डकी प्रदेश प्रमुखमा पृथ्वीमान गुरुङ र लुम्बिनी प्रदेश प्रमुखमा अमिक शेरचनलाई नियुक्त गर्नुभयो ।
राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गरी मन्त्रीपरिषद्को सिफारिस अनुसार दुवैजनालाई संविधानको धारा १६३ को उपधारा (२) बमोजिम नियुक्त गरिएको जनाएको छ । गुरुङ कांग्रेस र शेरचन नेकपा माओवादी केन्द्रको कोटामा नियुक्त हुनुभएको हो । यसअघि ओली नेतृत्वको सरकारले अमिक शेरचनलाई प्रदेश प्रमुखबाट हटाउनु भएको थियो ।
फोटो सेतोपाटी


तपाईको प्रतिक्रिया