काठमाडौँ साउन १६ गते । जनता समाजवादी पार्टी नेपालका महन्थ ठाकुर पक्षको कार्यकारिणी समितिको बैठक २ वजेका लागि बबरमहलमा बस्ने भएको छ ।
जसपाको विवाद, सर्वोच्चमा परेको रिट तथा अगामी रणनीतिको विषयमा छलफल गर्नका लागि बैठक बोलाइएको हो । जसपाको आधिकारिता उपेन्द्र यादवले पाइसकेपछि महन्थ ठाकुर पक्षले नयाँ पार्टी गठन गर्ने कि सोही पार्टीमा संघर्ष गर्ने विषयमा पनि छलफल सुरु गरेको छ ।
निर्वाचन आयोगले जसपाको आधिकारिता उपेन्द्र यादवलाई दिएपछि हिजो महन्थ ठाकुरले आयोगको निर्णयलाई खारेज गर्न माग गर्दै निवेदन दर्ता गराउनु भएको छ ।

तपाईको प्रतिक्रिया