महन्थ ठाकृुरले दायर गरेको रिटमा आज सुनुवाई हुँदै

काठमाडौँ साउन १८–जनता समाजवादी पार्टी नेपालको अधिकारिता विषयमा महन्थ ठाकुरले दायर गरेको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाई हुँदैछ । निर्वाचन आयोगले जसपा नेपालको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएपछि ठाकुरले सर्वोच्च अदालतमा शुक्रवार रिट दायर गर्नुभएको थियो । रिटमा आयोग र उपेन्द्र यादव समेतलाई विपक्षी बनाइएको छ । रिट निवेदनमा आयोगले जसपाको आधिकारिताबारे गरेको निर्णय उत्प्रेषणको आदेशले बदर गर्न माग गरिएको छ ।

यसअघि जसपाको आधिकारिकता सम्बन्धी विवाद आयोगमा विचाराधीन रहेकै अवस्थामा पनि ठाकुरले सर्वोच्च अदालतमा अर्को रिट निवेदन दिनु भएको छ । उहाँले जसपा नेपालका कार्यकारिणी समितिका सदस्यहरुको सनाखत गर्ने प्रक्रियालाई रोक्न अन्तरिम आदेशको माग गरे पनि अदालतले अन्तरिम आदेश जारी गरिरहन नपर्ने ठहर गरेको थियो ।

ठाकुरका तर्फबाट दायर दुवै रिटलाई इजलासमा एकसाथ राखेर सुनुवाई हुने भएको हो । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा सोमबार उक्त रिट निवेदनको पेसी तोकिएको छ ।

तपाईको प्रतिक्रिया