काठमाडौँमा नागरिकता विहिनहरुको प्रदर्शन

काठमाडौँ साउन २० गते । नागरिकता विहिन युवाहरुले आज माइतीघरमा प्रदर्शन गरेका छन् । नागरिकता विहिन नागरिक नामको ब्यानर लिएर उनीहरु माइतीघरमा प्रदर्शन गर्दै नागरिकता ऐन पारित गरी नागरिकता विहिना नागरिकलाई नागरिकता दिन माग गरेका छन् ।

संविधानमा नागरिकता सम्बन्धी भएको व्यवस्थालाई कार्यान्वयन गर्दै नागरिकता ऐनलाई नागरिकता प्रदान गर्न माग गरेको छ । नागरिकता ऐन संशोधनको माग गर्दै उनीहरुले संसद भवन घेराउ गर्न पुगेका थिए तर उनीहरुलाई बानेश्वरमै रोकेको थियो ।

साउन १८ गते उनीहरुले काठमाडौं जिल्ला अधिकारीलाई ज्ञापनपत्र पनि बुझाएका थिए ।

तपाईको प्रतिक्रिया