Khadya Bibhag

सिरहा, सप्तरी, महोत्तरी र बारामा ठाकुर पक्षको विस्तारित बैठक

काठमाडौँ साउन २२ गते । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले तराई मधेशका १९ वटा जिल्लामा आफ्ना पक्षको विस्तारित बैठक बोलाउनु भएको छ ।

जसपा नेपालको आधिकारिता उपेन्द्र यादवले पाएपछि अध्यक्ष ठाकुरले सर्वोच्च अदालतमा मुद्दा दायर तराई मधेशमा विस्तारित बैठक सुरु गर्नुभएको हो । जिल्लाको विस्तारित बैठक सकेपछि प्रदेश स्तरीयको कार्यक्रम पनि तयारी गरेको छ । आजदेखि सुरु एको कार्यक्रम भदौं ९ गतेसम्म चल्ने बताइएको छ ।

आज सप्तरी, सिरहा, महोत्तरी र बारामा महन्थ ठाकुर पक्ष जसपाको विस्तारित बैठकको आयोजना गरिएको छ । जसमा सिरहाको बैठकलाई अनिलकुमार झा, डा.सुरेन्द्र झा, उमाशंकर अरगरिया, जयनुल राइनलगायतले सम्बोधन गर्नेछ भने सप्तरीमा राजेन्द्र महतो, केशव झा, वृषेश चन्द्र लाल, राजिव झाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यस्तै, महोत्तरीमा महन्थ ठाकुर, शरतसिंह भण्डारी, निर्जला राउत र बारामा लक्ष्मणलाल कर्ण, जितेन्द्र सोनल, बाबुलाल साह, रमेश पटेलले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

तपाईको प्रतिक्रिया