लुम्बनी सरकारबाट बर्खास्त तीनजना मन्त्रीका बारेमा सर्वोच्चमा सुनुवाई हुँदै

काठमाडौं साउन २१ गते । जनता समाजवादी पार्टीले पार्टीबाट निष्काशन गरेका लुम्बिनी प्रदेश सरकारमा सहभागी तीन जना मन्त्रीहरुको बारेमा आज सर्वोच्च अदालतमा सुनवाई हुादैन ।

एमलोका नेता शंकर पोखरेको नेतृत्वको सरकारमा सहभागी मन्त्रीहरु सन्तोषकुमार पाण्डेय, विजय बहादुर यादव र कल्पना पाण्डेलाई जसपाले पार्टी तथा सांसद पदबाट हटाएपछि उहाँ सर्वोच्चमा रिट दिनुभएको थियो । सो रिटमाथि आज सुनुवाई हुँदैछ ।

जनता समाजवादी पार्टी जसपाले कारवाही गरेपछि उहाँहरु प्रदेश सभा सदस्यबाट पदमुक्त हुनुभएको थियो ।

मन्त्री पाण्डेयले लुम्बिनी प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्ती र प्रदेश सभा सचिवालय र पाटीलाई विपक्षी बनाइ सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया