काठमाडौँ साउन २२ गते । जनता समाजवादी पार्टी नेपाल महन्थ ठाकुर पक्षका कार्यकारिणी सदस्य जितेन्द्र सोनलले लोकतान्त्रिक धारलाइ मधेसमा मजबुत बनाउन आफूहरु हरेक मोर्चामा भिड्न तयार रहेको बताउनु भएो छ ।
मधेसी दलको नाममा जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले राजनीति गरेको र मधेसमा कम्युनिष्टवाद लाद्ने षड्यन्त्र गरिरहेको आरोप उहाँले लगाउनुभयो । जसपा महन्थ ठाकुर पक्षले बारामा आयोजना गरेको पार्टीका अगुवा कार्यकर्ताको भेला सम्बोधन गर्दै नेता सोनलले कम्युनिष्ट पृष्ठभुमीबाट राजनीति शुरु गनुृभएका उपेन्द्रले अहिले मधेसमा कम्युनिष्टवाद लाद्ने प्रयासमा लाग्नु भएको आरोप लगाउनुभएको छ ।
जसपाको आधिकारीकताका विषयमा निर्वाचन आयोगले गरेको निर्णयको विरोधमा आफूहरु रहेको भन्दै उहाँले सो निर्णय विरुद्ध आफूहरु सर्वोच्च अदालतमा गएको बताउनुभयो । उपेन्द्र यादवले पटक पटक मधेस र मधेसीलार्इ धोखा दिदै आएको आरोप उहाँले लगाउनु भएको छ ।
नेता सोनलका निजी सचिवालयका अनुसार जसपाका कार्यकारीणी सदस्य लक्ष्मणलाल कर्णले हातार हतारमा षडयन्त्र गरेर उपेन्द्र यादवले पार्टी एकता गरेको र त्यसैको परिणामा जसपा अहिले फुटको संघारमा पुगेको आरोप लगाउनुभयो । उपेन्द्र यादवले मधेस र मधेसीको हितमा कहिले पनि काम नगरेको दावी उहाँले गर्नुभयो ।
नेता कर्णले सत्तामा पुग्नका लागि उपेन्द्रले पटक पटक मधेस र मधेसी जनतालार्इ भ¥याङ मात्रै बनाएको आरोप पनि लगाउनुभयो । जसपाको महन्थ ठाकुर समुहले आज बाराको साथै महोत्तरी , सिराहा र सप्तरीमा पनि अगुवा कार्यकर्ता भेला गरेको हो । भेलालाइ महन्थ ठाकुर, राजेन्द्र महत्तो, अनिल झा, शरत सिंह भण्डारी, जितेन्द्र सोनल लगायतका नेताहरुले सम्बोधन गनुृभएको हो ।


तपाईको प्रतिक्रिया