काठमाडौ साउन २५ गते । लुम्बनी प्रदेश जनता समाजवादी पार्टीका तीन सांसदलाई थमौती गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । पार्टी नीति विपरीत शंकर पोखरेललाई समर्थन गरेको र संसदीय दलको ह्वीप नमानेको भन्दै जसपा उपेन्द्र यादव पक्षले उनीहरुलाई कारवाही गरेको थियो । सोही कारवाहीपछि उहाँहरु तीनै जनाले सांसद पद थमौतीका लागि अदालतमा रिट दायर गर्नुभएको थियो ।
पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षले पाएपछि जसपाका लुम्बिनी प्रदेश सांसदहरु सन्तोष कुमार पाण्डेय, विजय बहादुर यादव र कल्पना पाण्डेयलाई पार्टीले कारवाही गरी हटाएको थियो । सोको जानकारी प्रदेश सभा सचिवालयलाई दिएपछि प्रदेश सभाले ती सांसदलाई हटाएको सूचना टाँस गरेको थियो ।


तपाईको प्रतिक्रिया