काठमाडौँ साउन २५ गते । निर्वाचन आयोगले जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिलाई अध्यावधिक गरेको छ । निर्वाचन आयोगले पार्टीको आधिकारिता दिएपछि जसपाका अध्यक्ष उपेन्द्र यादवले कार्यकारिणी समितिको बैठकबाट ३५ सदस्यीय कार्यकारिणी समिति कायम गर्नुभएको थियो ।
उहाँले सो ३५ सदस्य कार्यकारिणी समितिलाई अध्यावधिक गर्न निर्वाचन आयोगमा पत्र पठाउनु भएको थियो । निर्वाचन आयोगले गरेको अध्यावधिक अनुसार पार्टीको अध्यक्षमा उपेन्द्र यादवलाई राखिएको छ । महन्थ ठाकुरसहित अन्य १६ जनालाई कार्यकारिणी समितिमा राखिएको छैन । जसपाको आधिकारिता सम्बन्धी विवाद निर्वाचन आयोगमा चलिरहेको छ ।
महन्थ ठाकुर अहिले आफूलाई जसपाका अध्यक्ष भन्दै तराई मधेशका जिल्लाहरुमा कार्यक्रम गरिरहनु भएको छ ।


तपाईको प्रतिक्रिया