Khadya Bibhag

मुख्यमन्त्री पोखरेलले पदबाट राजिनामा दिनुहुन्छ कि प्रदेशसभाको सामना गर्नुहुन्छ ?

काठमाडौ साउन २७–लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको भाग्य र भविष्यको आज फैसला हुँदैछ । उहाँ आज मुख्यमन्त्रीमा रहने कि नरहने निक्र्यौल हुँदैछ । प्रदेशसभामा अल्पमतमा पर्नुभएका मुख्यमन्त्री पोखरेल विरुद्ध विपक्षी गठबन्धनले अविश्वासको प्रस्ताव दर्ता गराएको थियो ।

सोही अविश्वास प्रस्तावमाथि आज आज प्रदेशसभामा छलफल हुँदैछ । प्रस्तावमाथि छलफलका लागि प्रदेशसभाको विशेष अधिवेशन आज बोलाइएको छ ।

लुम्बनी प्रदेशका विपक्षी गठबन्धनमा रहेका काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चाले साउन १९ गते प्रदेशसभा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । बहुमतका लागि ४१ सांसदको समर्थन आवश्यक पर्छ। विपक्षी दल काँग्रेस १९, माओवादी केन्द्र १८, जसपा ३ र राष्ट्रिय जनमोर्चाका १ गरी ४१ सांसद छन् ।

मुख्यमन्त्री पोखरेलले आज मन्त्रीपरिषद्को बैठक पनि बोलाउनु भएको छ । आज उहाँको मन्त्रीपरिषद्को अन्तिम बैठक अन्तिम हुने बताइएको छ । उहाँ संसदमा अल्पमतमा पर्नुभएका कारण सदनमा जानुअघि नै राजिनामा दिने बताइएको छ । लुम्बनी प्रदेश एमाले संसदीय दलको बैठक पनि बोलाइएको छ ।

यसअघि पनि मुख्यमन्त्री पोखरेल विरुद्ध वैशाख ६ र २६ गते पनि अविश्वासको प्रस्ताव दर्ता भएको थियो । तर, ६ गते दर्ता गरेको अविश्वासको प्रस्तावमाथि छलफल गर्न बैठक बोलाएकै दिन वैशाख १९ गते मुख्यमन्त्रीबाट पोखरेलले राजीनामा दिएर एमालेको एकल बहुमत दाबी गर्दै पुनः मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

तर त्यही दिन विपक्षीले माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्रीका रुपमा ४२ सांसदले हस्ताक्षर गरेर तत्कालीन प्रदेश प्रमुख धर्मनाथ यादवलाई दिएका थिए तैपनि उहाँले पोखरेललाई नै मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया