Khadya Bibhag

जसपाको कारवाहीमा पर्नुभएका मन्त्रीहरुको राजिनामा

रुपन्देही साउन २७ गते । जनता समाजवादी पार्टी नेपालको कारवाहीमा पर्नुभएका लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष पाण्डेयले आफ्नो पदबाट राजीनामा दिनु भएको छ ।

मुख्यमन्त्री पोखरेलको पद जाने निश्चित भएपछि उहाँले राजिनामा दिनुभएको हो । जसपाकै कारवाहीमा पर्नुभएका अर्को दुईजना मन्त्रीहरु विजयबहादुर यादव र कल्पना पाण्डे लम्सालले पनि राजीनामा दिने तयारी गरिरहनु भएको छ ।

लुम्बनी प्रदेश सरकारको मन्त्रीपरिषद्को बैठक सम्पन्न भएको छ । अब एमाले ससदीय दलको बैठक बस्ने भएको छ । विपक्षी गठबन्धन काँग्रेस, माओवादी केन्द्र, जसपा र जनमोर्चाले दर्ता गराएको अविश्वासको पं्रस्तावमाथि आज छलफल हुने भएको छ । त्यसअािघ नै मन्त्रीहरु धमाधम राजिनामा दिन थाल्नु भएको छ । संसदीय दलको बैठकपछि मुख्यमन्त्री पोखरेलले पनि राजिनामा दिने स्रोतले दावी गरेको छ ।

तपाईको प्रतिक्रिया