रुपन्देही साउन २८ गते । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुल प्रसाद केसीले पद तथा गोपनीयताको शपथ लिनु भएको छ । विहिवार एका कार्यक्रमबीच लुम्बनी प्रदेश प्रमुख अमिक शेरचनले केसीलाई सपथग्रहण गराउनु भएको हो ।
अल्पमतमा परेपछि एमाले मुख्यमन्त्री शंकर पोखरेलले आफ्नो पदबाट राजिनामा दिएपछि केसी मुख्यमन्त्री बन्नुभएको हो । माओवादी संसदीय दलका नेता समेत रहेका केसी काँग्रेस, माओवादी, जसपा र जनमोर्चाकोको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । उहाँलाई ४२ जना प्रदेश सांसदले समर्थन गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया