रुपन्देही साउन २८ गते । लुम्बिनी प्रदेशको सरकारमा जनता समाजवादी पार्टी नेपाल उपेन्द्र यादव पक्षका तीनै जना सांसदले मन्त्री पदको शपथ लिनु भएको छ ।
जसपा नेपालका छजना सांसद थिए । त्यसमध्ये तीननाले पार्टीको ह्रवीप उल्लघंन गरी तत्कालिन मुख्यमन्त्री शंकर पोखरेललाई समर्थन जनाएपछि जसपाका अध्यक्ष उपेन्द्र यादवाले उहाँहरुलाई कारवाही गरेपछि सांसद पदसहित मन्त्री पदबाट पनि बर्खास्थ हुनुभएको थियो ।
बाँकी रहेका जसपाका सुमन शर्मा रायमाझी विना विभागीय मन्त्री, कुर्मती ढेँगा विना विभागीय मन्त्री र सहसराम यादव भौतिक पूर्वाधार मन्त्रीमा सपथ लिनु भएको छ । बनेका छन् । रायमाझी यसअघि पनि मन्त्री बन्नु भएको थियो तर उहाँलाई पार्टीले कारवाही भएपछि मन्त्रीबाट राजिनामा दिएर उपेन्द्र यादवको सम्पर्कमा जानुभएको थियो ।
त्यस्तै, काँग्रेसबाट डिल्लीबहादुर चौधरी सहरी तथा ग्रामिण विकास मन्त्री र माओवादी केन्द्रबाट कृष्णध्वज खड्का आर्थिक मामिला मन्त्रीमा सपथ लिनुभएको छ ।


तपाईको प्रतिक्रिया