Khadya Bibhag

मुख्यमन्त्री शंकर पोखरेलले दिनुभयो राजिनामा

रुपन्देही साउन २७ गते । लुम्बनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफ्नो पदबाट राजिनामा दिनु भएको छ । आज प्रदेशसभामा अविश्वासको प्रस्तावमाथि छलफल हुने तयारी थियो त्यसअघि नै उनले राजिनामा दिनुभएको हो ।

पोखरेल दाङ क्षेत्रनम्बर २ (क) बाट प्रदेश सभा सदस्य निर्वाचित हुनुभएको थियो । २०७४ साल फागुन ३ गते पहिलोपटक र गत बैशाखमा राजिनामा दिएर पुन मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

पछिल्लो समय मुख्यमन्त्रीमा नियुक्त हुँदा अल्पमतमा रहेको भन्दै विपक्षी गठबन्धनले उहाँको राजिनामा माग्दै आउनु भएको थियो तर उहाँ जवर्जस्ती जोडजाड गरेर चलाई रहनु भएको थियो ।

साउन १९ गते विपक्षी गठवन्धनले ३४ जना प्रदेश सांसदले उहाँ विरुद्ध तेस्रोपटक अविश्वास प्रस्ताव दर्ता गराउनु भएको थियो । प्रदेशसभामा हाल ८० जना सांसद छन् । बहुमतका लागि ४१ जना आवश्यक पर्छ । विपक्षी गठवन्धनसँग कांग्रेसका १९, माओवादी केन्द्रका १८, जसपाका ३ र जनमोर्चाका १ गरी ४१ सांसद छन् । संसदमा विश्वासको मत लिन नसक्ने अवस्था देखेपछि उहाँले मुख्यमन्त्री पदबाट राजिनामा दिनुभएको हो ।

तपाईको प्रतिक्रिया