प्रदेश २ को प्रदेश प्रमुखबाट हटाए राजेश झालाई

काठमाडौँ साउन ३२ गते । प्रदेश नम्बर २ को प्रदेश प्रमुखबाट राजेश झालाई सरकारले हटाएको छ । त्यसमा ठाउँमा काँग्रेुका पूर्व सांसद हरिशंकरलाई सिफारिस गरेको छ । पत्रकार समेत रहेका झालाई तत्कालिन प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले प्रदेश प्रमुखमा सिफारिस गर्नुभएको थियो । माओवादी केन्द्रको तर्फबाट प्रदेश प्रमुख रहेका तिलक परियारलाई हटाएर झालाई नियुक्त गरेपछि त्यतिबेला निकै आलोचना भएको थियो ।

आज बसेको मन्त्रीपरिषद्को बैठकले बैठकले झालाई बर्खास्त गर्दै काँग्रेसका पूर्व सांसद मिश्रलाई नियुक्तिको लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

महोत्तरीको पिपरा गाउँपालिकाका मिश्र काँग्रेसका पुराना नेता स्वर्गीय रामनारायण मिश्रका छोरा हुनुहुन्छ। २०१५ सालमा बीपी कोइराला नेतृत्वको सरकार हुँदा स्वर्गीय रामनारायण मिश्र उद्योग मन्त्री हुनुहुन्थ्यो ।

तपाईको प्रतिक्रिया