काठमाडौँ साउन ३२ गते । सरकारले डा. उमाशंकर प्रसादलाई राष्ट्रिय योजना आयोगको सदस्य पदमा नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले उहाँलाई सदस्य पदमा नियुक्त गरेको हो ।
डा.उमाशंकर प्रसाद मधेशी जनअधिकार फोरम नेपालदेखि नै उपेन्द्र यादवका साथमा राजनीतिमा लाग्नु भएको थियो । फोरमको बुद्धिजिवी संगठनमा रहेर काम गर्दै आउनु भएको थियो । उहाँलाई अर्थशास्त्रीको रुपमा चिनिन्छ । त्रिवीमा अर्थशास्त्र अध्यापन गराई रहनु भएका उहाँले भारतको जेएनयुबाट पीएचडी गर्नुभएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवको तर्फबाट उहाँ आयोगको सदस्यमा नियुक्त हुनुभएको हो ।


तपाईको प्रतिक्रिया