जसपाको केन्द्रीय समितिको पहिलो बैठक जारी, यी एजेण्डामा हुँदैछ छलफल (फोटो फिचर)

काठमाडौँ भदौं १ गते । जनता समाजवादी पार्टी नेपालको आजदेखि केन्द्रीय समितिको बैठक सुरु भएको हो । जसपा नेपाल गठन भएपछिको यो पहिलो बैठक हो ।

जसपा नेपाल गठन भएका बेला केन्द्रीय समिति गठन भएको थियो । तर त्यसले मान्यता पाएको थिएन । उपेन्द्र यादव पक्षले पार्टीको आधिकारिता पाएपछि केन्द्रीय समितिलाई पुनर्गठन गरी आज बैठक बसाएको हो । केन्द्रीय समिति सदस्यलाई आज सपथग्रहण पनि गराइएको छ ।

देशको वर्तमान राजनीतिक परिस्थिति र आगामी कार्यदिशा, पार्टीको संगठन सुदृढीकरण तथा जनजागरण अभियान र अभिमुखीकरण, प्रदेश पहिचानमा आधारित समितिहरु र विशेष तथा जनवर्गीय भातृ संगठनरुको इन्चार्ज तथा प्रतिनिधिहरुको रिर्पोटिङ गरी पहिलो दिनको बैठक सम्पन्न हुने जसपाले जनाएको छ ।

भदौ २ गते समसामयिक राजनीतिक परिस्थिति बारे प्रदेश स्तरीय अभिमुख कार्यक्रम, समसामयिक राजनीतिक प्रस्ताव, सरकारमा सहभागी सम्बन्धमा, पार्टी संगठन सुदृढीकरण तथा जनजागरण अभियान र अभिमुखीकरण सम्बन्धी कार्यक्रमहरुको परिचालन, समन्वय, अनुगमन, मूल्यांकन र निरीक्षण, अवलोकन, अभिलेखिकरण गर्ने लगायतका आवश्यक कार्य गर्न सात सदस्यीय सचिवालय गठन गर्ने लगायतकका एजेण्डामा छलफल हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया