Khadya Bibhag

देउवालाई १८ महिनाका लागि मात्र होइन, आउने पाँच वर्षका लागि म्याण्डेट प्राप्त हुन्छ–प्रदीप यादव

काठमाण्डौँ साउन ३२ गते । जनता समाजवादी पार्टी नेपालका नेता एवं प्रतिनिधिसभाका सदस्य प्रदीप यादवले वर्तमान सरकार १८ महिनाका लागि मात्र होइन, चुनावपछि पनि यसैले नेतृत्व गर्ने दावी गर्नुभयो ।

सोमवार संसदमा बोल्नु हुँदै उहाँले यो सरकार १८ महिना मात्र होइन, लामो समय जाने दावी गर्नुभयो । उहाँले प्रधानमन्त्री देउवा नेतृत्वको गठबन्धनले आउँदो चुनावपछि पनि पाँच वर्ष सरकार चलाउने गरी नागरिकले म्यान्डेट दिने दावी गर्नुयभो ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले आफै संविधान विपरित काम गर्नुभयो र बुहमत सांसदको मतबाट प्रधानमन्त्री भएका व्यक्तिलाई परमादेशको प्रधानमन्त्री भन्नुभएको प्रति टिप्पणी गर्दै सांसद यादवले ओलीले आफै संविधान विपरित काम गर्नुभयो र अहिले अरलाई परमादेशको प्रधानमन्त्री भनेर हस्यास्पद कार्य गरेको टिप्पणी गर्नुभयो ।

संसदबाट बहुमत प्राप्त प्रधानमन्त्री शेरबहादुर देउवालाई हेप्ने काम नगर्न प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई चेतावनी पनि उहाँले दिनुभयो । उहाँले भन्नुभयो, संसदबाट बहुमत साबित गराउनुभएका प्रधानमन्त्री देउवालाई हेप्ने, घोच्नेलाई नागरिकले माफी दिने छैन ।’

तपाईको प्रतिक्रिया