रेशम चौधरीका रिहाइका लागि थारुहरुको धर्ना

काठमाडौँ भदौं १–रेश चौधरीलगायत राजबन्दीको रिहायको माग गर्दै थरुहट थरुवान राष्ट्रिय मुक्ति मोर्चाले मैतीघरमा धर्ना सुरु गरोके छ । टिकापुर घटनाको ६ वर्ष वितेकोका सम्झनामा सो धर्ना सुरु गरिएको हो ।

२०७२ भदौं ७ गते भएको टिकापुर घटनामा रेशम चौधरीलगायत थुप्रै थारु अगुवा कार्यकर्तालाई थुनामा राखेको छ । उनीहरुको रिहायको माग राख्दै आन्दोलन सुरु भएको रेशम चौधरीको रिहायको अभियानमा लाग्नु भएका सुरेन्द्र चौधरीले बताउनुभयो । थारुमाथि यो राज्यले पटक पटक आन्याय गरेको छ, सो अन्यायको विरुद्धमा थारुहरु आन्दोलनमा उत्रेको उहाँले बताउनुभयो ।

थरुहरुलाई अरुअरु पनि लोभ लालच दिए तर कसैले पनि त्यसको माग पुरा गराउन सकेन, अब थारुहरु आफ्नो अधिकारका लागि आफै संघर्ष सुरु गरेको उहाँले बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया