महन्थ ठाकुरले गर्नुभयो, पार्टीको नाम परिवर्तन हेर्नुस् दस्तावेज

काठमाडौँ भदौ ४ गते । महन्थ ठाकुरले हालै जनता समाजवादी पार्टी नेपाल लोकतान्त्रिक पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिनु भएको थियो । तर उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी लोकतान्त्रिकले आफ्नो पार्टीसँग मिल्दो जुल्दो नाम भयो भन्दै निर्वाचन आयोगमा उजुरी गरेको थियो ।

त्यसको आधारमा निर्वाचन आयोगले महन्थ ठाकुरलाई पार्टीको नाम परिवर्तन गर्न भनेको थियो । त्यसपछि पार्टीको नाम लोकतान्त्रिक समाजवादी पार्टी नेपाल राखेर निर्वाचन आयोगमा नाम पठाएको छ ।

साथै, कार्यकारिणी सदस्य रहनु भएका शरतसिंह भण्डारीलाई वरिष्ठ नेतामा बढुवा गरेको छ । त्यस्तै, छजना कायृकारिणी सदस्य थप गरेका छन् ।

तपाईको प्रतिक्रिया