लोसपाले निर्वाचन आयोगबाट प्राप्त गर्यो दल दर्ताको प्रमाणपत्र

काठमाडौँ भदौँ ९ गते । जनता समाजवादी पार्टी नेपालबाट अलग भइ महन्थ ठाकुरले निर्वाचन आयोगमा दर्ता गराउनु भएको लोकतान्त्रिक समाजवादी पार्टीले त्यहाँबाट प्रमाणपत्र प्राप्त गरेको छ । आज निर्वाचन आयोगमा लोकतान्त्रिक समाजवादी पार्टीका लागि जसपाबाट अलग भएका १६ जना कार्यकारिणी सदस्य र १४ जना सांसदले सनाखत गरेका छन् । सनाखत भएपछि राती नौ वजे मात्र लोसपाले दल दर्ताको प्रमाणपत्र प्राप्त गरेको हो ।

तपाईको प्रतिक्रिया