काठमाडौँ भदौं २६ गते । प्रदेश २ मा जनता समाजवादी पार्टी नेपाल छाडेर १६ जना प्रदेश सांसदले नवगठित लोकतान्त्रिक समाजवादी पार्टी नेपाल रोज्नु भएको छ । राजनीतिक दलसम्बन्धी अध्यादेश अनुसार जसपा नेपाल विभाजन भएपछि १६ जना प्रदेशसभा सदस्यले लोसपा रोज्नु भभएको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगले लोसपाका पक्षमा सनाखत गर्नुभएका १६ जना प्रदेशसभा सदस्यलाई राजनीतिक दलसम्बन्धी अध्यादेश र प्रचलित कानुन अनुसार लोसपाका प्रदेशसभा सदस्यका रूपमा मान्यता दिएको छ ।
जसपा छाडेर लोसपामा सामेल भएका प्रदेश २ का प्रदेशसभा सदस्यहरूः
जानकीशरण साह,
गौरीनारायण साह,
परमेश्वर साह सुडी,
निलमदेवी भुमिहारीन,
सुरिता कुमारी साह,
जयनुल राइन,
अलका कुमारी झा,
बबिता कुमारी,
रमेशकुमार कुर्मी,
बाबुलाल साह कानु,
डिम्पल कुमारी,
प्रह्लाद गिरी गोछामी,
उपेन्द्र महतो,
अभिराम शर्मा,
रानी कुमारी तिवारी
जितेन्द्र कुमार सोनार
यस्तै सुदूरपश्चिम प्रदेशका जसपाका दुई प्रदेशसभा सदस्यमध्ये कृष्णबहादुर चौधरीले लोसपा नेपाल रोज्नु भएको छ ।


तपाईको प्रतिक्रिया