Khadya Bibhag

अवरुद्ध मुग्लिन–नौबिसे सडक सञ्चालनमा

काठमाडौँ भदौ ३० गते । हिजो रातीदेखि पहिरोका कारण अवरुद्ध रहेको मुग्लिन–नौबिसे सडक सञ्चालनमा आएको छ । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकै सडकमाथिबाट पहिरो खसेपछि राती २ वजेदेखि दुईतर्फी सडक अवरुद्ध थियो ।
सडक सञ्चालन भएसँगै सवारी साधन गन्तव्यतर्फ लागेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया