Khadya Bibhag

वलीको उजुरी लिन प्रहरीद्वारा आलटाल

काठमाडौँ भदौ ३० गते । माओवादी केन्द्रका लुम्बनी प्रदेश सांसद विमला कुमारी खत्री वलीले लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोखरेलसहित ४ जनाविरुद्ध दिनुभएको किटानी जाहेरी लिन लागि प्रहरीले नमानेको बताइएको छ ।

साउन १५ गतेदेखि ५ दिनसम्म पोखरेल मुख्यमन्त्री रहँदा अ्दाङबाट ल्याएर आफूलाई बन्धक बनाइएको सांसद वलीको दावी छ । अपहरण तथा शरीर बन्धक सम्बन्धी कानुनअनुसार पोखरेलसहित ४ जनालाई कारबाहीको माग गर्दै वलीले दिएको किटानी जाहेरी प्रहरीले दर्ता गर्न आलटाल गरेको लुम्बिनी प्रदेश माओवादी मुख्य सचेतक तुलाराम घर्ती मगरले बताउनुभयो ।

जाहेरीमा तत्कालीन मुख्यमन्त्री शङ्कर पोखरेल, एमाले प्रमुख सचेतक भूमिश्वर ढकाल, पोखरेलको सचिवालयका किरण गौतम र एमाले दाङका नेता मानबहादुर रावतलाई हदैसम्मको कारबाहीको माग गरिएको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी मदन कुँवरलाई किटानी जाहेरी बुझाएको भए पनि विमला वलीको घटनाको सुरु दाङमा भएकोले त्यहाँ नै उजुरी दर्ताको लागि जानुपर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया