काठमाडौँ भदौ ३० गते । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले असोज ३ गतेलाई कालो दिवसको रुपमा मनाउने भएको छ ।
असोज ३ गते जारी भएको संविधानमा त्रुटी रहेको र त्यसलाई संशोधनका लागि निरन्तर संघर्ष गर्दै आएको छ । तैपनि हालसम्म संशोधन भएको छैन । त्यही भएर लोसपाले असोज ३ गतेको दिनलाई विरोका कार्यक्रम गर्ने भनेको छ ।
लोसपाका अध्यक्ष महन्थ ठाकुरले आज एक सर्कुलर जारी गरी असोज ३ गते जारी भएको संविधानको दिनलाई विरोध कार्यक्रम गर्न जिल्ला समितिहरुलाई आग्रह गर्नुभएको छ ।
संविधान संशोधनका लागि संघर्ष गर्दा कतिपयले सहादत प्राप्त गरेको स्मरण गराउँदै उहाँले अपूर्ण रहेको संविधानमा संशोधन गरी आफ्ना माग मुद्दाहरु सम्बोधन गर्न प्रत्येक वर्ष विरोध कार्यक्रम गर्दै आए पनि संशोधन भएको छैन त्यसैले त्यो दिन विरोधका कार्यक्रम गर्न आग्रह गर्नुभएको छ ।
आआफ्नो जिल्ला, पालिका, क्षेत्र, वडाहरुमा कोभिड–१९ लाई मध्यनजर गर्दै आफूलाई अनुकुल हुने खालका कोणसभा, आमसभा, जनप्रदर्शन, अन्तरक्रिया, विचार गोष्ठी, ब्ल्याक आउट जस्ता कार्यक्रम आयोजना गर्न उहाँले आग्रह गर्नुभएको छ ।


तपाईको प्रतिक्रिया