देउवालाई रोज्न तछाड मछाड

नेपाली राजनीतिका पहिलो नेता शेरबहादुर देउवा होला जसलाई मधेशवादी दलबाट समर्थन गर्नका लागि तछाड मछाड भएको छ । पक्ष र विपक्षमा बसेका मधेशका मधेशी दलले शेरबहादुर देउवालई प्रधानमन्त्रीमा समर्थन गर्नका लागि तछाड मछाड गरेका छन् । जनता समाजवादी पार्टी नेपालमा महन्थ ठाकुर र उपेन्द्र यादव अहिले दुवैजना दुई ध्रुवमा उभिनु भएको छ । दुईजना दुईतिर मुख फर्कार बसेपनि प्रधानमन्त्री देउवालाई समर्थन गर्न तछाड मछाड गर्नुभएको छ । आफू आफूमा मिल्न नसक्ने तर सत्ताको नाममा जो जहाँ भएपनि एक ठाउँमा आउँछन् ।

देउवाले प्रधानमन्त्रीका लागि विश्वासको मत प्राप्त गर्न सक्छ कि सक्दैन भनि साउन ३ गते तीन वजेसम्म अन्योल थियो । पूर्वप्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले देउवाले विश्वासको मत नपओस् भनेर निकै प्रयास गर्नुभएको थियो । एमालेकै अर्को पक्ष माधवकुमार नेपालले समर्थन गर्ने कि नगर्ने भनि अन्योल थियो । त्यस्तै, यसअघि ओलीको कित्तामा रहेका जसपाका अर्को पक्ष महन्थ ठाकुरले पनि के गर्ने नगर्ने कुराको अन्योल थियो तर एकाएक यस्तो अवस्था सृजना भयो कि एमाले बाहेक माधव नेपाल पक्षसहित लगभग सबैदलले देउवालाई समर्थन गर्यो । अर्थात ओलीले प्रधानमन्त्रीमा जति मत हासिल गर्नुभएको थिएन त्यो भन्दा बढी मत देउयवाले गर्नुभयो ।

देउवालाई प्रधानमन्त्रीका लागि विश्वासको मतमा समर्थन सांसदको खोजी भइरहेको थियो । काँग्रेसका नेताहरुको दौडधुप एकातिर थियो भने माधवकुमार नेपाल पक्षका नेताहरुको पनि चहलपहल निकै थियो । यता जसपा उपेन्द्र यादव पक्ष जसपाकै महन्थ ठाकुर पक्षका सांसद तान्नमा व्यस्त थियो । महन्थ ठाकुरका सांसदहरु उपेन्द्र यादव पक्षको पार्टी कार्यालय बालकुमारी गएर हस्ताक्षर गरिरहेका थिए, त्यही बीचमा राजकिशोर यादवले शेरबहादुर देउवालाई समर्थन गर्ने घोषणा गर्नुभएको थियो । उता प्रमोद साह रेणु गुरुङहरु उपेन्द्र यादव पक्षको संसदीय दलको बैठकले तयार पारेको माइन्युटमा हस्ताक्षर गरिरहनु भएको थियो ।

महन्थ ठाकुर पक्षका सांसदहरु पनि उपेन्द्र यादवका पक्षमा गएर देउवालाई धमाधम समर्थन जनाउन थालेपछि उहाँ निकै समस्यामा पर्नुभएको थियो । आफूसँग भए भरका सांसदहरु पनि उपेन्द्र यादवको पक्षमा लागेपछि पार्टी नै सुमाप्त हुने देखेपछि महन्थ ठाकुरले हतार हतारमा प्रधानमन्त्री देउवसँग संवाद अगाडि बढाउनुभयो । विश्वासको मत दिन देउवाबाट आग्रहसहितको पत्र आयो भने समर्थन गर्न तयार रहेको भनि महन्थ ठाकुरले पठाएपछि देउवाले तत्कालै एउटा पत्र पठाउनु भएको थियो । त्यो पत्र पाउने वित्तिकै महन्थ ठाकुरको पक्षबाट सो पत्र फेसबुकमा छ्यापछयाप्ती भयो । उहाँले त्यो कुरालार्य सरी प्रचार गराउन थाल्नुभयो कि मानौ देउवालाई महन्थ ठाकुर नभइ नहुने भएर नै पत्र पठाउनु भएको छ ।
देउवाले विश्वासको मत माग्नका लागि महन्थ ठाकुरलाई मात्र पत्र लेख्नु भएको थियो । त्यही भएर त्यसको महत्व बढेर गयो । र, महन्थ ठाकुरले देउवालाई समर्थन गर्न राजि हुनुभयो । त्यही महन्थ ठाकुर हो जसले उधारो होइन, नगदमा माग पुरा भयो भने मात्र समर्थन गर्ने भनि ठूला ठूला भाषण गर्नुभएको थियो तर देउवाको एउटा पत्र आउने वित्तिकै खुरुखुरु समर्थन गर्नुभयो । त्यो पनि उधारो । कुनै सम्झौता भएन । जसपाका उपेन्द्र यादवले पनि विना सम्झौता देउवालाई समर्थन गर्नुभयो । उहाँहरु देउवालाई यसरी समर्थन गर्नुभयो कि मानौ आज समर्थन नगरेको भए रेल छुट्थ्यो र गन्तव्यमा पुग्न सकिदैन्थ्यो । पहिला कसले समर्थन गर्ने भनि पनि उहाँहरुको प्रतिस्पर्धा थियो । हतार हतार उहाँहरुले देउवालाई समर्थन गर्नुभयो । त्यो हानाथापमा मधेशलाई कसैले सम्झनु भएन । एक सदन रोकेर समर्थन गर्नुभन्दा पहिले एउटा छलफल गरी कमसे कम सम्झौता गरेको भए मधेशी जनतालाई सन्तोष हुन्थ्यो । तर उहाँहरुले आआफ्नो व्यक्तिगत स्वार्थका लागि देउवालाई समर्थन गर्नुभयो ।

सबभन्दा कमाल त महन्थ ठाकुरले गर्नुभयो । आज विहानसम्म एमालेका अध्यक्ष केपी शर्मा ओलीको साथ नछाड्ने अभिव्यक्ति दिइ रहनु भएको थियो उहाँ । हिजो मात्रै बालकोट गएर ओलीसँग भेटेर राजनीति सहयकार्यलाई निरन्तरता दिने सहमति गरेको थियो । महन्थ ठाकुर पक्षको संसदीय दलको बैठकले पनि विपक्षमा बस्ने र ओलीलाई समर्थन जारी राख्ने निर्णय गरेको थियो ।

तर अचानक के भयो तीन घण्टामा सबै समिकरण उलट पुलत भयो । महन्थ ठाकुरका लागि के छुट्दै थियो, देउवालाई समर्थन नगरेको भए महन्थ ठाकुरको के जान्थ्यो । उपेन्द्र यादव त पहिलादेखि गठबन्धनमा भएको कारणले उहाँ समर्थन गर्नु समान्य कुरा भयो तर महन्थ ठाकुर त्यो गठबन्धनको विरोधमा हुनुहुन्थ्यो । ओलीसँग संसद विघटन गर्नुभएको थियो । सर्वोच्च अदालतबाट पुर्नस्र्थापना भएको संसदमा त आउनु नै भयो त्यसमा पनि देउवालाई समर्थन पनि जनाउनुभयो । यो जतिको लज्जास्पद कुरा अरु के हुनसक्छ ?

त्यत्रो वार्ता, सहमति छलफल गरेर सम्झौतापत्रमा हस्ताक्षर गरेर सरकारमा सहभागी हुँदा पुरा नहुने माग देउवालाई त्यतिकै समर्थन गर्नुले त्यो कसरी पुरा हुन्छ यो कसले विश्वास गर्छ । या कि मधेशको मागको रट नै लगाउनु हुँदैन । सिधै सत्ताको राजनीति गर्नुपर्छ तर त्यस्तो नगरेर मधेशको माग पुरा गराउन रोइलो गर्छन् तर सत्ताको कुरा आउँदा समर्थन गरेर हानाथाप गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया