हिन्दु राष्ट्रका लागि भइ रहेका छन् यी सबथोक 

पछिल्लो समय नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्छ भनि ब्यापक चलखेल सुरु भएको छ । त्यसैको प्रयास स्वरुप भारतीय जनता पार्टीका विदेश विभागका प्रमुख विजय चौथाईवालेको नेपाल भ्रमण भएको हो । नेपालमा अब राजाविनाको गणतान्त्रिक हिन्दु राष्ट्र बनाउने प्रयास भइरहेको छ । राजासहितको हिन्दु राष्ट्र बनायो भने त्यसलाई अहिलेका दलहरुले स्वीकार नगर्न सक्छ । तर गणतन्त्रसहितको हिन्दु राष्ट्र बनाइयो भने त्यसमा धेरैको समर्थन रहने बुझाई देखेर नै त्यसका लागि प्रयासहरु भइरहेको छ । हुन त राजा निकट विभिन्न संघ संगठनहरुले पनि राजासहितको हिन्दु राष्ट्र बनाउने अभियान चलाई रहेका छन् ।

तर त्यो अभियानले त्यति सार्थकता पाउने छैन । गणतन्त्रसहितको हिन्दु राष्ट्र बनाउँदा सबैलाई स्वीकार्य हुनसक्ने धेरैका बुझाइ रहेको छ । त्यसका लागि काँग्रेसकै उपसभापति विमलेन्द्र निधि, सोही पार्टीका नेता शंशाक कोइरालालगायतको प्रयास पनि देखिएको छ । पूर्व प्रधानसेनापति रुक्माङ्गत कट्वालदेखि लिएर विनय यादवसम्मका हस्तीहरु गणतन्त्रसहितको हिन्दु राज्यका लागि अभियान चलाइ रहनु भएको छ । २०७२ सालको संविधानले नेपाललाई धर्मनिरपेक्ष राष्ट्र मानेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाहेकका मुख्य राजनीतिक दलहरुले संस्थागत रुपमा धर्मनिरपेक्षता स्वीकार पनि गरेका छन् । तर, यस अवस्थामा पनि नेपाली काँग्रेसका शीर्ष नेतृत्वले नै हिन्दुराज्यका लागि प्रयास गर्नु सानोतिनो कुरा होइन । हिन्दुराज्यको एजेण्डा नेपाली काँग्रेसको महाधिवेशनको एजेण्डा बन्दैछ । त्यसको झझल्को पार्टीका उपसभापति विमेलेन्द्र निधिले दिइ सक्नु भएको छ । काँग्रेसको आसन्न १४औँ महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी घोषणा कार्यक्रममा उपसभापति बिमलेन्द्र निधिले धर्मगुरुहरुको भेला गरेपछि काँग्रेसमा विगतदेखि नै चलिरहेको धर्मनिरपेक्षताको बहस सुरु भएको हो ।

हुन त नेपाली कांग्रेसभित्र धर्मनिरपेक्षताबारे बहस अहिले मात्र आएको होइन । त्यहाँभित्र हिन्दु राष्ट्रको पक्षमा आवाज उठाउने ठूलै समूह छ । त्यसैले उम्मेदवारी घोषणामा धर्म गुरुहरु भेला गरेर निधिले महाधिवेशनमा हिन्दुधर्मको पक्षमा उभिने संकेत गर्नुभएको छ । बानेश्वर बैंकेटमा भएको भेलालाई सम्बोधन गर्दै निधिले धर्मनिपरेक्षताबारे बहस थाल्ने संकेत गर्नुभयो । आवश्यक पर्दा संविधान संशोधन गर्न सकिने बताउँदै उहाँले महाधिवेशनमा धर्मनिरपेक्षताको विकल्पमा छलफल हुनसक्ने संकेत गर्नुभयो । अगामी महाधिवेशनमा सभापतिको लागि उम्मेदवारी घोषणा गर्नुभएको निधीले चुनाव जित्नका लािग यो उपाय अपनाउनु भएको हो ।

विमलेन्द्र निधिले काँग्रेसको सभापतिमा उम्मेदवारी घोषणा गर्नुभन्दा पहिले साउन १३ गते दिल्ली जानु भएको थियो । दिल्लीमा उहाँले विभिन्न तहका नेता तथा मन्त्रीहरुलाई भेट्नु भएको थियो । उहाँ दिल्लीबाट फर्के लगत्तै देशका ठूला ठूला पुजारी, महत्मा साधुसन्तलाई राखेर सभापतिको उम्मेदवारी घोषणा गर्नु भएको हो ।

त्यति मात्र होइन, साउन २९ गते प्रधानमन्त्रीमा नियुक्त हुनु भएका शेरबहादुर देउवालाई भारतको राष्ट्रिय स्वंय सेवक संघ (आरएसएस) बाट पहिलो शुभकामना तथा बधाई आयो । भारतको प्रधानमन्त्री नरेन्द्र मोदीले समेत बधाई दिनु भएको थिए तर आरएसएसबाट बधाई आउनुको अर्थ नेपालमा हिन्दु धर्मका लागि केही भइरहेको छ भनि प्रष्ट बुझ्न सकिन्छ । भाजपाका विदेश विभागका प्रमुख विजय चौथाईवालाको नेपाल भ्रमणले झन त्यो कुराको पुष्टि गरेको छ ।

नेपालमा हिन्दु राष्ट्रका लागि ‘हिन्दु राष्ट्र स्वभिमान जागरण अभियान’ सुरु भएको छ । र यसको अगुवाई आरएसएसले हिन्दु स्वयंसेवक संघ नेपालमार्फत गरेको छ । गणतन्त्रसहितको हिन्द राष्ट्र निर्माणका लागि यो अभियान सुरु गरिएको हो । नेपालका लागि आरएसएसका सञ्चालक कल्याणकुमार तिम्सिना रहनु भएको छ । उहाँ पूर्व एआइजी हुनुहुन्छ । यो अभियानको संयोजक पूर्व प्रधानसेनापति रुक्माङ्गत कटुवाल गरिरहनु भएको छ ।

भदौं ३ गते सो अभियानको उद्घाट गरिएको हो । हिन्दु राष्ट्रका लागि पहिलादेखि नै अवाज उठाउँदै आएको हिन्दु स्वयंसेवक संघले अब यसलाई अभियानकै रुपमा अगाडि बढाउने र यसको अगुवाई रुक्माङ्गत कट्वालले गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया