Khadya Bibhag

सिके राउत नेतृत्वको जनमत पार्टीले पनि माग गर्यो मुख्यमन्त्रीको राजिनामा

धनुषा असोज १८ गते । सिके राउत नेतृत्वको जनमत पार्टीले पनि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको राजिनामा माग गर्दै प्रदर्शन गरेको छ ।

आज जनकपुरको विभिन्न ठाउँमा जनमत पार्टीका नेता तथा कार्यकर्ताले मुख्यमन्त्री राउत विरुद्ध प्रदर्शन गर्दै उहाँको राजिनामा माग गरेको हो । बेटी बचाउ, बेटी पढाउ कार्यक्रमअन्तर्गत मुख्यमन्त्री राउतले छात्रालाई साइकल वितरण गर्नुभएको छ ।

सो कार्यक्रममा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री कार्यालयमा असोज १३ गते छापा मारेको थियो । सो छापापछि जनता समाजवादी पार्टी नेपालले आफ्ना मुख्यमन्त्री राउतको बचाउनमा जिल्ला जिल्लामा प्रदर्शन गरिरहेको छ भने काँग्रेस र माओवादी केन्द्र मौन बसेका छन् ।

यता, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालले पनि मुख्यमन्त्री राउतको राजिनामा माग गरेको छ भने जनमत पार्टीले आज मुख्यमन्त्री कार्यालय घेराउ गर्नुको साथै विभिन्न ठाउँमा प्रदर्शन गरेको छ ।

तपाईको प्रतिक्रिया