मुख्यमन्त्री राउतले प्राप्त गर्नुभयो विश्वासको मत

धनुषा असोज २० गते । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशसभामा विश्वासको मत प्रापत गरेको छ ।
जनता समाजवादी पार्टी नेपाल विभाजन भएर लोकतान्त्रिक समाजवादी पार्टी नेपाल बनेपछि मुख्यमन्त्री राउतले आज विश्वासको मत माग्नुभएको थियो ।

प्रदेशसभामा भएको मतदानमा राउतको पक्षमा ७७ मत परेको छ । यो कूल प्रदेशसभा सदस्य सङ्ख्या १०४ को दुई तिहाइ हो । राउतलाई उनकै दल जसपासँगै सरकारमा रहेका नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) तथा पाँच दलीय गठबन्धनमा रहेको नेकपा (एकीकृत समाजवादी) का सांसदले मत दिएका छन् ।

उनको विपक्षमा २३ मत परेको छ । राउतको विपक्षमा लोसपा र नेकपा (एमाले) का सांसदले मत दिएका हुन् । आजको मतदानमा प्रदेशसभाका १०० जना प्रदेशसभा सदस्यले भाग लिएका थिए ।

तपाईको प्रतिक्रिया