जसपाका नेता सिंह लोसपामा प्रवेश

सर्लाही कात्तिक १३ गते । जनता समाजवादी पार्टी नेपालका नेता अरविन्द सिंह लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा प्रवेश गर्नुभएको छ । लोसपाद्वारा आज सर्लाहीको बिष्णु गाउपालिकामा आयोजना पार्टी प्रवेश कार्यक्रममा उहाँले प्रवेश गर्नुभएको हो ।
नेता सिंहलाई लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले पार्टीको सदस्यता दिएर पार्टीमा स्वागत गर्नुभएको हो । उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट बिष्णु गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवार बन्नुभएको थियो । नेता सिंह गाउँ पालिका अध्यक्षमा झिनो मतले पराजित हुनुभएको थियो । लोसपाका नेता एवं प्रदेश २ का प्रदेशसभा सदस्य उपेन्द्र महतोका अनुसार सिंहसहित करिब एकहजार जना लोसपामा प्रवेश गरेका छन् ।

तपाईको प्रतिक्रिया