काठमाडौ कात्तिक १४ गते । चिनियाँ कम्पनीको बीउ प्रयोग गर्दा उपत्यकालगायत आसपासका जिल्लाका किसानलाई समस्या भएको छ । चिनियाँ कम्पनीले उत्पादन गरेको हाइब्रिड डीवाइ २८ जातको धानको बीउबाट लगाइएको धानमा दाना लागेको छैन । काठमाडौँ, ललितपुर र भक्तपुर गरी एकहजार भन्दा बढी रोपनी क्षेत्रफलमा लगाइएको धानमा बाला लागेको छैन । वर्षभरि खान पुग्ने धानमा बाला नै नलागेपछि किसानहरु चिन्तामा परेका छन् ।
डीवाइ २८ जातको धानको बीउ उपत्यकाका लागि सिफारिस होइन । त्यो बीउ तराई मधेशका लागि यहाँका विक्रि केन्द्रहरुले बेचि रहेका छन् । त्यो बीउ तीन चार वर्ष अगाडिसम्म राम्रो उत्पादन दिइरहेको थियो तर यसपटक थुप्रै किसानको धानमा बाली लागेको छैन ।
हेर्नुस् तस्विरमा



तपाईको प्रतिक्रिया