कैलाली, कात्तिक १४ गते । लम्कीचुहा नगरपालिका १ राजीपुरबाट २ ग्राम ३० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित सोही ठाउँ बस्ने ४३ वर्षीय सुनिल शाहीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
उनले लागूऔषध बेच बिखन गरिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
त्यस्तै, लम्कीचुहा नगरपालिका(४ कौवापुस्थित छत्र बहादुर बोगटीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४१ वर्षीय सुरेन्द्र बोगटी लगायत ९ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
उक्त घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९२ हजार ६ सय ४० रुपैयाँ र ५ गड्डी तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया